बिहीबार, १५ चैत २०८०

महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली थाइल्याण्ड प्रस्थान

समयपोष्ट २०७३ मंसिर ८ गते ११:०४

 महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली बुधबार बैंकक प्रस्थान गरेको हो ।नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बिदाई गरेका हन् । उनले टोलीलाई जितको शुभकामनासहित राष्ट्रिय झण्डा प्रदान गरे ।

Advertisement

नेपाली टोलीको प्रशिक्षकमा राजु बस्न्यात छन् । उनकै प्रशिक्षकमा बन्द प्रशिक्षण भएको थियो । तर, नेपालको टोली घोषणा गर्दा उनको नाम छुटेको थियो ।

आगामी शनिबारदेखि थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालले टेष्ट मान्यताप्राप्त एशियाली टोलीहरुसंग प्रतिस्पर्धा गर्नेछ । नेपालले शनिबार पाकिस्तानसंगको खेलसंगै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले आगामी सोमबार श्रीलंका, मंगलबार बंगलादेश, बिहीबार थाइल्याण्ड र शुक्रबार साविक बिजेता भारतसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री