बुधबार, २५ असार २०८२

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट

समयपोष्ट २०८० कार्तिक १६ गते ९:२६

Advertisement

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ बाँडफाँट गरेको छ ।

कम्पनीको एफपीओमा १३ लाख २० हजार २०३ आवेदकले १ करोड ४८ लाख ३१ हजार २८० कित्ताका शेयरका लागि आवेदन दिएका थिए । यीमध्ये जम्मा १२ हजार ३८१ जनाले मात्रै १० कित्ताका दरले शेयर पाएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

२० कित्तामाथि आवेदन दिएका ६ जनाले थप १/१ कित्ताका दरले शेयर पाएका छन् । अर्का एक आवेदकले ०.४५ कित्ता सेयर पाएका छन् ।

कम्पनीले असोज २५ देखि असोज ३० सम्म एफपीओ निष्काशन गरेको थियो । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ दरका १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्काशन गरेको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री