शुक्रबार, १६ चैत २०८०

पोखरामा अल्ट्रालाइट दुर्घटना ,२ जना घाइते

समयपोष्ट २०७३ मंसिर ८ गते ८:११

कास्कीको चापाकोटमा तीन जना अट्ने अल्ट्रालाइट दुर्घटनामा परेको छ । लौरुकबाट उडान भर्ने क्रममा एभिया क्लब पोखराको ९ एन ए आई एल ओपन फ्लाईट पुतली जहाज (अल्ट्रालाईट) दुर्घटनामा परेको हो ।

Advertisement

प्रारम्भिक जानकारी अनुसार रसियन पाइलट अलेक्जेन्डर म्याक्सीस र एकजना क्यानेडियन नागरिक दुर्घटनामा घाइते भएका छन् ।

उनीहरुको गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचार भैरहेको छ ।

उड्ने क्रममा रनवेबाट २ सय मिटर पर जमिनमा अल्ट्रालाइट बजारिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री