शनिबार, ८ वैशाख २०८१

आचार्य बालकृष्ण पनि नेपाल आउँने

समयपोष्ट २०७३ मंसिर ८ गते ६:२२

भारतका चर्चित योगगुरु रामदेवका सहयोगी आचार्य बालकृष्ण पनि नेपाल आउँने भएका छन् । आचार्य बालकृष्णले अदालतबाट अनुमति पाए पछि उनी नेपाल आउँन लागेका हुन् ।  

Advertisement

उत्तराखण्ड उच्च अदालतले आचार्य बालकृष्णलाई नोभेम्बर २३ देखि ३० सम्म नेपाल भ्रमण गर्ने अनुमति दिएको हो । नक्कली कागजपत्र पेश गरेर भारतीय पासपोर्ट बनाएको भन्दै भारतको सीबीआईले आचार्य बालकृष्णमाथि छानविन गरिरहेको छ । उनलाई भारत छाड्न रोक लगाइएको थियो ।

बालकृष्ण पतंजली योगपीठले बारामा सञ्चालन गर्न लागेको आयुर्वेदिक उद्योग उदघाटनमा सहभागी हुन नेपाल आउन लागेका हुन् ।

अदालतले उनलाई नेपालबाट फर्किएपछि सीबीआईलाई जानकारी दिन भनेको छ ।

रामदेव भने मंगलबार नै काठमाडौं आइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री