बिहीबार, १५ चैत २०८०

अन्तर्राष्ट्रिय मार्सल आर्टका अध्यक्ष भन्छन् : मार्सल आर्टको मैदान लगायतका पूर्वाधार निर्माण गर्न ईच्छुक छौ

समयपोष्ट २०७३ मंसिर ८ गते ६:१०

अन्तर्राष्ट्रिय मार्सल आर्टका कोरियाली अध्यक्ष लिइडाइ ह्युनले नेपालमा मार्सल आर्टको विकासका लागि काम गर्न आफूहरु ईच्छुक भएको बताएका छन् ।

Advertisement

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्दै अध्यक्ष ह्युनले मार्सल आर्टको विकासका लागि काम गर्न आफूहरु ईच्छुक रहेको बताएका  हुन् ।  भेटमा उनले नेपालमा मार्सल आर्टको मैदान लगायतका पूर्वाधार निर्माणका लागि सहयोग गर्ने बताए ।

भेटमा प्रधानमन्त्रीले टोलीले नेपालप्रति देखाएको गहिरो सद्भावका लागि धन्यवाद व्यक्त गर्दै मार्सल आर्टको विकासका लागि मिलेर काम गर्ने बताए ।

अध्यक्ष लिइडाइ ह्युनसहितको टोलीले प्रधानमन्त्रीसँग भेट गरेको हो  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री