बिहीबार, १३ वैशाख २०८१

एमाले नाङ्गिएको छ : लक्ष्मणलाल कर्ण

समयपोष्ट २०७३ मंसिर ७ गते ६:०७

मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले एमालेको पछिल्लो निर्णय र अभिव्यक्तिले एमाले तराई मधेसमा नाङ्गिएको बताएका छन् । 

Advertisement

मंगलबार बिहान नेपाली रेडियो नेटवर्कको एक कार्यक्रममा बोल्दै कणले संविधान संशोधन प्रस्तावको विपक्षमा एमालेको पछिल्लो निर्णय र अभिव्यक्तिले तराई मधेसमा एमाले नाङ्गिएको र तराई मधेसका जनताले एमालेलाई प्रष्टसंग चिन्ने बताएका हुन् । 

उनले संविधान संशोधनमा असहयोग गर्ने नीति एमालेले लिएर मधेसी जनतामाथि घोर अन्याय गरेको आरोप समेत लगाए । 

सहअध्यक्ष कणले एमालेले सहयोग नगरे पनि संविधान संशोधन प्रस्ताव अगाडि बढ्नेमा आफू ढुक्क रहेको उल्लेख गर्दै भने ,  ‘तीन बुँदे सहमतिलाई सरकारले कार्यान्वयन गर्ने हो, ‘हामीले एमालेसँग अनुमति लिइरहनु पर्दैन ।’

बालुवाटारमा सोमबार राति बसेको तीन दलका शीर्ष नेताहरूको बैठकतिर इकिंत गर्दै कर्णले एमालेमा अहंकार पलाएको र यसको पाठ जनताले सिकाउने उल्लेख गरे । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री