शुक्रबार, १४ वैशाख २०८१

मिडिया सेन्टर स्थापना गरिने

समयपोष्ट २०७३ मंसिर ६ गते ९:१६

सूचना विभागले सरकारका महत्वपूर्ण निर्णयहरु सहज रुपमा उपलब्ध गराउन मिडिया सेन्टर स्थापना गर्ने भएको छ । 

Advertisement

आज सूचना विभागले प्रेस बिज्ञप्ति जारी गर्दै सरकारका महत्वपूर्ण निर्णय उपलब्ध गराउन सुविधा सम्पन्न मिडिया सेन्टर स्थापना गर्ने निर्णय गरिएको जानकारी दिएको हो।

त्यस्तै सबै सरकारी तथा सार्वजनिक निकाएका वेवसाईटहरु सूचना विभागको वेभसाईटमा लिंक अप हुने वेवपोर्टल लिंक अप गर्ने बिज्ञप्तिमा उल्लेख छ ।

जारी बिज्ञप्ति अनुसार सरकारी सूचना बैंक स्थापना गर्ने विभागको निर्णय छ । यसले सूचनाहरु सार्वजनिक गर्ने, सरकारका विभिन्न खाले तथ्यांकहरु विषयगत निकायबाट लिई सार्वजनिक गर्ने र विभागबाट प्रसोधन हुने सूचना गाउँपालिका, नगरपालिका, हुलाकका सञ्चार केन्द्रहरु र स्थानीय तहसम्म पुग्ने गरी दोहोरो सूचना प्रणाली विकास गर्ने लगायतका काम गर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री