मंगलबार, ११ वैशाख २०८१

मंसीर ११ र १२ गते माओवादी केन्द्रको पोलिट्ब्यूरोको बैठक बस्दै

समयपोष्ट २०७३ मंसिर ६ गते ६:१३

यही मंसिर ११ र १२ गते नेकपा माओवादी केन्द्रको पोलिटव्यूरो बैठक बस्ने भएको छ । 

Advertisement

सोमबार लाजिम्पाटमा सम्पन्न माओवादी केन्द्रको बैठकमा पोलिटव्यूरो बैठक बोलाउने निर्णय भएको हो ।

आज सम्पन्न बैठकमा संविधान संशोधन र पार्टीको संगठनात्मक विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।  प्रवक्ता भुसालका अनुसार संविधान संशोधन र  पार्टीको आन्तरिक संगठनबारे निर्णय गर्न मंसीर ११ गते पोलिट्ब्यूरोको बैठक बोलाइएको  हो ।

बैठकले आज साँझ बस्ने प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठकमा संविधान संशोधनका विषयमा छलफल र आवश्यक निर्णय लिन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई अधिकार समेत  दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री