शनिबार, ८ वैशाख २०८१

जनताले परिवर्तन महसुस गर्न नसकेकै हो : स्वास्थ्य मन्त्री

समयपोष्ट २०७३ मंसिर १ गते १२:१९

 

Advertisement

स्वास्थ्य मन्त्री गगन थापाले मन्त्रालयमा काम गर्ने शैलि उहि पाँच वर्ष अगाडिकै जस्तो रहिरहँदा जनताले परिवर्तनको महसुस गर्न नपाएको  बताएका छन् 
स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको वाषिर्क प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री थापाले काम गराईको तरिका नबद्लिदासम्म परिवतर्न नहुने र मन्त्रालय मातहतका निकायहरू धेरै कुरामा ‘कम्र्फट जोन’ बाट बाहिर आउन नसकेकोले जनताले परिवर्तनको महसुस गर्न नसकेको बताएका हुन् । 

मन्त्री थापाले गोष्ठीको उद्घाटनको क्रममा  कयौं कुरा परिवर्तनका लागि आफ्नो ‘कर्म्फट जोन’बाट बाहिर निस्केर जोखिम मोल्न तयार हुनुपर्ने समेत उल्लेख गरे  ।
उनले आफू भने सधैं ‘कम्र्फट जोन’ बाट बाहिर निस्किएर जोखिमसँग खेल्ने गरेको सुनाए । त्यसैले पार्टीमा रहँदा समेत आफूलाई अराजक भएको, प्रोटोकल नमानेको जस्तो आरोप लाग्ने गरेको बताए ।

समीक्षा गोष्ठीमा पाँच वटै विकास क्षेत्रका क्षेत्रीय निर्देशनालयका प्रमुख, स्वास्थ्य मन्त्रालयका विभिन्न महाशाखाका प्रमुख लगायतको उपस्थिति छ ।

विभिन्न निर्देशनालयका प्रमुखहरुले आफ्नो क्षेत्रको समस्याबारे जानकारी गराएका थिए । बुधबारदेखि अन्नपूर्ण होटलमा सुरु भएको गोष्ठी तीन दिनसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री