शनिबार, ६ असोज २०८०

साउदीमा मृत्यु भएका हलवाईको शव नेपाल ल्याउँन प्रधानमन्त्रीको निर्देशन

समयपोष्ट २०७३ कार्तिक ३० गते ५:२९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनाअघि साउदी अरेबियाको दमाममा मृत्यु भएका मोहमद अकबर हलवाईको शव तुरुन्त नेपाल ल्याउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

Advertisement

प्रधानमन्त्री दाहालले परराष्ट्र मन्त्रालयमार्फत् साउदी अरेबियाका लागि नेपाली दूताबासलाई नेपालगञ्ज–४, बाँकेका हलवाईको शव नेपाल ल्याउने व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

सोमबार परराष्ट्र सचिव शंकरदास बैरागीलाई फोन गरी हलवाईको शव तुरुन्तै नेपाल ल्याउन प्रधानमन्त्रीले निर्देशन दिए ।

प्रधानमन्त्रीको निर्देशन लगत्तै परराष्ट्र सचिव बैरागीले नेपालका लागि साउदी अरेबियाका कार्यबाहक राजदूत आनन्द शर्मालाई टेलिफोन गरी हलवाईको शव नेपाल ल्याउनेबारे प्रधानमन्त्रीको निर्देशन अवगत गराएका छन् ।

बैरागीले प्रधानमन्त्रीको निर्देशन अवगत गराएपछि कार्यवाहक राजदूत शर्माले हलवाईको शव नेपाल ल्याउने व्यवस्था गर्न दूताबासले तुरुन्तै प्रक्रिया अगाडि बढाउने र तीन, चार दिनभित्रै शब नेपाल आउने विश्वास दिलाएका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री