शुक्रबार, १६ चैत २०८०

रेमिट्यान्स कम्पनी अफ द इयरको उपाधि आईएमईलाई

समयपोष्ट २०७३ कार्तिक २९ गते २:३६

आईएमई  ‘सर्वोत्कृष्ट रेमिट्यान्स कम्पनी २०१६’ बाट सम्मानित भएको छ । अमेरिकी अन्तरराष्ट्रिय परामर्शदाता संस्था फ्रोस्ट एण्ड सुलिभानले आयोजना गरेको कार्यक्रममा आईएमईका प्रबन्ध निर्देशक हेमराज ढकाल सम्मानित भए । ‘विकास, अन्वेषण र नेतृत्व सम्मेलन–२०१६’ को समापनको अवसरमा सोल्टी होटलमा आयोजित कार्यक्रममा सम्मान प्रदान गरिएको हो ।

Advertisement

व्यावसायिक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेबापत फ्रोस्र्टले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायिक फर्मलाई सम्मानित गर्दै आएको छ । आईएमईले हाल ५ हजार २०० भन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत रेमिट्यान्स सेवा दिइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री