शुक्रबार, १४ वैशाख २०८१

अव स्वास्थ्य सेवा  १० देखि ४ बजेसम्म, सबै प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर 

समयपोष्ट २०७३ कार्तिक २८ गते १४:३१

भरत पाण्डेय
सरकारले देशभरका सबै स्वास्थ्य संस्थामा १० बजेदेखि ५ बजेसम्म सेवा दिने ब्यवस्था गरेको छ । यसअघि सरकारी संस्थाले  बिहान १० बजेदेखि २ बजेसम्म मात्र बहिरंग सेवा प्रदान गरिरहेकोमा १० देखि ५ बजेसम्म बहिरंग सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  
‘प्रधानमन्त्री ज्यूको निर्देशनको एक दुई दिनमा हामीले तत्काल निर्देशन दिएर यो काम शुरु भैसक्यो’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्रराज डोटेलले भने ‘अवको काम हाम्रो भयो कि भनेर अनुगमन गर्ने हो । त्यसका लागि निर्देशनालयहरुलाई भनिसकेका छौँ ।’ 
उनले कहि कतैबाट गुनासो आएमा तुरुन्त कार्वाही हुने पनि बताए । ‘विग्रेको बानीलाई सुधार गर्न त समय लाग्छ’ उनले भने ‘तर त्यसका लागि अव जिल्ला प्रशासन कार्यालयलाई प्रभावकारी अनुगमनको लागि निर्देशन गयो भने राम्रो हुन्छ ।’  
नयाँ सरकार आएपछि देशका सबै प्राथमिक स्वास्थ्यकेन्द्रमा चिकित्सक पठाईएको छ । दरबन्दी भएपनि चिकित्सकहरु काजमा सुविधा सम्पन्न ठाउँमा बस्दै आएका थिए ।  ‘प्रधानमन्त्रीज्यूको निर्देशनको बेला २३ ठाउँमा रीक्त थियो ती सबै ठाउँमा पोष्टिङ्ग गरीसक्यौँ,’ स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीले भने ‘हामीले कार्यालयमा पुगेर ल्याण्डलाईनबाट फोन गर्नु भनेका छौँ, फोन आउने क्रम जारी छ ।’
नयाँ सरकार गठन भएपछि ११ प्रकारका खोप र ८ प्रकारका रोगमा निःशुल्क उपचारको व्यवस्था शुरु भएको छ । यसको लागि कार्यक्रम चलिसकेको उप्रेतीले बताए । ‘पहिला पाँच थियो यो आर्थिक वर्षदेखि ८ प्रकारका बनाएर व्यवस्थीत गरेका छौं,उप्रेतीले भने । त्यसैगरी निजी स्वास्थ्य संस्थाले आफ्नो सेवाको १० प्रतिशत सेवा विपन्न बर्गलाई निशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था पनि सरकारले गरेको छ । यसलाई थप व्यवस्थीत गर्नलाई पुरक निर्देशीका बनाएर काम शुरु गरीएको उप्रेतीले बताए । 
त्यस्तै सरकारले ४० वटा अस्पतालहरूको आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गरेको छ । केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय अस्पतालहरूले २०७३ मंसीर महिनाभित्र अनिवार्यरूपमा आफ्नै स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । बाँकीमा पनि फार्मेसी सञ्चालनको काम तिब्र गतिमा भईरहेको सरकारले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री