आइतबार, २९ असार २०८२

नेपाल लाइफ इन्स्योरेन्स ‘बेष्ट प्राक्टिसेस अवार्ड २०१६’ बाट पुरष्कृत

समयपोष्ट २०७३ कार्तिक २८ गते १३:५८

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई बेष्ट प्राक्टिसेस अवार्ड अन्र्तगतको फाईनान्सियल ईन्टिच्यूसन अफ द इयर, ईन्स्योरेन्स कम्पनी अवार्डबाट पुरष्कृत गरिएको छ ।
 बिश्वव्यापी परामर्शदाता फो्रस्ट एण्ड सुलिभानले काठमाडौंमा आयोजना गरेको पहिलो “बिकास अन्वेषण र नेतृत्व सम्मेलन २०१६” कार्यक्रमको अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो ।
 अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई प्रदान गरिएको थियो । उनले उक्त अवार्ड सम्पूर्ण कर्मचारी, अभिकर्ताहरुको मेहेनत तथा संचालक समितिको मार्गदर्शनको प्रतिफल रहेको बताए ।
उनले बीमा क्षेत्रको पहुँच अझै पनि कुल जनसंख्याको ६,७ प्रतिशत मात्रै भएको तथा हालै गएको विनाशकारी भुकम्पमा ज्यान गुमाउने हरुमा न्यून जीवन बीमा गरेको यथार्थलाई ध्यानमा राख्दै आगामी दिनमा सबै एक जुट भई यसको दायरा बढाउनमा लागी पर्नु पर्ने बताए ।
कम्पनीले चालु आ.व. २०७३।०७४ को प्रथम त्रैमासिक अवधिसम्ममा बैदशिक रोजगार बीमाशूल्क समेत गरि प्रथम बर्ष बीमाशुल्क आम्दानी करिब ६२ करोड हासिल गरेको तथा नविकरण बीमा शुल्क करिब .२०९ करोड हासिल गरि कुल बीमाशुल्क आम्दानी करिब .२७१ करोड हासिल गरिसकेको छ । कम्पनीले समग्र जीवन बीमा क्षेत्रमा सर्वाधिक बजारहिस्सा ओगटी एक अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल भएको छ ।

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री