शनिबार, १५ वैशाख २०८१

एटीएमबाट रकम चोरी गर्न आएका टर्कीस नागरिक पक्राउँ

समयपोष्ट २०७३ कार्तिक २५ गते ११:५९


टर्कीबाट विभिन्न एटीएम कार्ड लिएर नेपालमा चोरी गर्न आएका टर्कीस नागरिक विहिबार पक्राउँ परेका छन् । 

Advertisement

 नेपाल प्रहरीको अनुसन्धान ब्यूरो सीआईबीले टर्कीका मुहारेम उजुन र सेलाह्याटन याबरलाई आज कान्तिपथस्थित प्यागोडा होटलबाट पक्राउ गरेको हो। 

पर्यटक भिसामा नेपाल आएका उनीहरु शनिबार नेपाल छाड्ने तयारीमा थिए । 

प्रहरीका अनुसार उनीहरु युरोपबाट विभिन्न एटीएम कार्ड लिएर नेपाल आएका थिए । 

उनीहरुको साथबाट २६ लाख ७५ हजार रुपैयाँ बरामद भएको छ । १७ सय युरो, १६६० अमेरिकी डलरका साथै ११३ थान विभिन्न एटीएम कार्ड बरामद भएको छ । 
उनीहरुले एटीएम कार्डको पिन नम्बरहरु भने कागजको पानामा लेखेर ल्याएको पाइएको छ, जुन ८ पन्ना छ ।

उजुन र याबरले कान्तिपथस्थित नबिल बैंकको एटीएम बुथबाट रकम निकालेको पाइएको छ । 

साथै यो समूहको यसअघि एटीएमबाट रकम चोरीको आरोपमा पक्राउ परेको समूहसँग सम्वन्ध रहेको हुनसक्ने प्रहरीको आशंका छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री