बिहीबार, १३ वैशाख २०८१

भट्टराई आज बेलायत प्रस्थान गर्दै 

समयपोष्ट २०७३ कार्तिक २५ गते १०:०८


नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई बिहीबार बेलायत जाँदैछन् ।

Advertisement

अन्तर्राष्ट्रिय नेपाली समाज, बेलायतको निमन्त्रणामा भट्टराई बेलायत जान लागेका हुन् ।

बेलायतमा उनले नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्नुका साथै बेलायतको संसद् हाउस अफ कमन, लण्डन स्कुल अफ इकोनोमिक्स र अक्सफोर्ड विश्वविद्यालयमा भेटघाट गर्नेछन ।

त्यस्तै बेलायतमा रहेका नेपालीहरुसँग नोभेम्बर १२ र १३ मा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । 

नोभेम्बर १४ मा उहाँले ‘हाउस अफ कमन’मा सांसदहरुसँग भेटघाट र र लण्डन स्कुल अफ इकोनोमिक्समा प्रवचन दिनेछन् ।

नोभेम्बर १५ मा अक्सफोर्ड विश्वविद्यालयका उप(कुलपतिसँग शिष्टाचार भेट र विश्वविद्यालयमा ‘समावेशी लोकतन्त्र, दीगो विकास र सामाजिक न्यायः नेपालमा आर्थिक विकासको निम्ति नयाँ दृष्टिकोण’ विषयमा बोल्नेछन् ।

भ्रमण टोलीमा भट्टराईसँगै नयाँ शक्ति पार्टी, नेपालका विदेश विभाग प्रमुख नवराज सुवेदी र कृषि विभाग प्रमुख मदन राई छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री