बिहीबार, १३ वैशाख २०८१

सिद्धार्थ इन्स्योरेन्सले ३० प्रतिशत वोनस सेयर दिने

समयपोष्ट २०७३ कार्तिक २२ गते ८:१९

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले ३० प्रतिशत वोनस सेयर प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक बर्षको नाफाबाट प्रस्ताव गरेको लाभांस बिमा समितिबाट स्वीकृत हुन भने बाँकी छ।

Advertisement

कम्पनीको अहिले चुक्ता पुँजी ३४ करोड ४८ लाख रुपैयाँ छ। कम्पनीको जगेडा कोषमा एक करोड ६२ लाख रुपैयाँ छ।

कम्पनीले गत आर्थिक बर्ष २० करोड रुपैयाँ नाफा गरेको थियो। ३० प्रतिशत वोनस सेयरपछि कम्पनीको चुक्ता पुँजीमा १० करोड ३४ लाख रुपैयाँ थपिने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री