मंगलबार, १ जेठ २०८१

बिओके र ग्लोबल आइएमई बैंकको साधारण सभाको मिति तय

समयपोष्ट २०७९ कार्तिक २९ गते ८:५४

Advertisement

बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले रेका साधारण सभा आह्रवान गछन् ।

लाभांश र मर्जर प्रस्ताव पारित गर्न दुबै बैंकले मंसिर २३ गते शुक्रबार साधारण सभा साधारण सभा आह्रवान गरेका हुन् ।

बैंक अफ काठमाण्डूको २८ औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १४.९५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकको १६ औँ वार्षिक साधारण सभा सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

Advertisement

यसका साथै, यी दुबैं बैंकको सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र स्वीकृत गर्ने, मर्जर सम्बन्धी अन्य आवश्यक कार्य पुरा गरी अन्तिम स्वीकृती प्रदान गर्ने, १ बराबर १ को शेयर स्वाप रेशिया स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री