सुकुम्बासी बस्ती, सधैँको सास्ती

काठमाडौँ महानगरपालिका वडा नम्बर ३१, शान्तिनगरकी चन्द्रकला रेग्मी तीनकुनेस्थित एक सहकारीमा काम गर्नुहुन्छ । बिहान निस्कँदा र साँझमा घर फर्कंदा अस्तव्यस्त सडक छिचोल्दै हिँड्नुहुन्छ । ठाउँठाउँमा सडक बिग्रिएका कारण दैनिक सामान्य दुर्घटनाको प्रत्यक्षदर्शी बन्नुपरेको उहाँ सुनाउनुहुन्छ ।

Advertisement

रेग्मीले भन्नुभयो, “सबैभन्दा ठूलो समस्या अव्यवस्थित रूपमा बागमती नदी किनारमा रहेका घरटहरा हुन् । सुकुम्बासी बस्ती नदीका दुवै किनारमा छन्, खोला मिचेर निर्माण गरिएका घरटहराका कारण लामो जाम हुन्छ, सधैँ हैरानी भोग्नु परिरहेको छ ।”

उहाँ मात्रै होइन, भीमसेनगोलामा व्यवसाय गर्ने देउमान बानियाँ पनि दैनिक रूपमा यही वैकल्पिक सडक प्रयोग गर्नुहुन्छ । उहाँलाई लाग्छ, “काठमाडौँभित्रै सडक र स्थानीयवासीको यस्तो दुर्दशा किन भएको होला !” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री