मंगलबार, १ जेठ २०८१

कामना सेवा विकास बैंकद्धारा १६ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

समयपोष्ट २०७९ कार्तिक २८ गते ११:१९

Advertisement

कामना सेवा विकास बैंकले १६ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

कात्तिक २१ गतेदेखि कात्तिक २७ गतेसम्म देशभर विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाउने क्रममा सञ्चालित रक्तदान कार्यक्रमबाट ४०३ युनिट रगत संकलन गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार सो क्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा सरसफाइ, फोहोर व्यवस्थापनको लागि विभिन्न सामग्री वितरण, वित्तीय साक्षरता अभियान, खेलकुद प्रतियोगितासहित विभिन्न कार्यक्रम गरिएको छ ।

यसैबीच बैंकको १६ औंस्थापना दिवस अर्थात मुल समारोहको दिन कात्तिक २७ गते बैंकको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरुमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।

Advertisement

बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दल बहादुर कार्कीको प्रमुख आतिथ्यतामा केन्द्रीय कार्यालय ज्ञानेश्वरमा मुल समारोहोको आयोजना गरिएको हो । उक्त कार्यक्रममा संचालक विशेश्वर सुवेदी, संस्थापकहरुसहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री