सोमबार, १७ वैशाख २०८१

हिमालयन हाइड्रोपावर १३२ केभी प्रसारणलाइन निर्माण गर्ने

समयपोष्ट २०७९ कार्तिक २५ गते १७:१८

Advertisement

हिमालयन हाइड्रोपावर लिमिटेडले १३२ केभी प्रसारणलाइन निर्माण गर्ने भएको छ ।

विद्युत विकास विभागले एक सुचना निकालेर आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेश गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ।

उक्त प्रसारणलाइन निर्माणपछि १२ मेगावाटको अपरमादी जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय ग्रीडमा जोड्न सहज हुनेछ । प्रसारणलाइन ४.६ किमीको हुनेछ। प्रसारणलाइनको भोल्टेज ३३००० भोल्ट क्षमताको डबल सर्किटमा निर्माण गरिनेछ। १२ मेगावाट विद्युत प्रवाह गर्न सक्नेछ।

आयोजना कास्कीको मादी गाउँपालिका-२ मा निर्माणाधीन नामार्जुन मादी जलविद्युत आयोजनाको विद्युत गृहबाट सुरु भएर सोही गाउँपालिकाको सिल्दुजुरेस्थित अपरमादी जलविद्युत आयोजनासम्म निर्माण गरिनेछ।

प्रसारणलाइन ६ महिनामा निर्माण सम्पन्न गर्ने योजना छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री