बिहीबार, ३ जेठ २०८१

मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमीहरु सम्मानित

समयपोष्ट २०७९ कार्तिक २४ गते १६:४९

Advertisement

मुक्तिनाथ विकास बैंकले लघु बैंकिङ अन्तर्गत विभिन्न कृषि, पशुपालन तथा साना साना उद्यमहरू संचालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७९/०८० मा आफ्नो कार्यक्षेत्र भित्रका ५० वटा स्थानहरुमा लघु बैंकिङ्ग कार्यक्रममा आबद्ध सदस्यहरुलाई गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै उनीहरुलाई सम्मान गरेको जनाइएको छ ।

उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान तथा उनीहरुलाई आफ्नो व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय ज्ञान र वित्तीय प्रणालीको बारे जानकारी दिने उद्देश्यले यस कार्यक्रम आयोजना भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रममा महिला सशक्तिकरण, वित्तीय ज्ञान र देश विकासको प्रमुख आधार, कृषीमा ब्यवसायिक सुधार भन्ने अभियानलाई प्राथमिकतामा राखी मुक्तिनाथ कृषी कम्पनीका अधिकारीहरुको उपस्थितिमा स्थानिय किसानहरुको समस्या सुन्ने, समस्या समाधान गर्ने र कृषी पेशालाई सम्मानित पेशाको रुपमा विकास गर्ने उपायहरु सिकाउने कार्य पनि भएको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री