शुक्रबार, ४ जेठ २०८१

म्याग्दी खोला हाइड्रोमा नेपाल बैंकको अगुवाइमा चार बैंकले ऋण लगानी गर्ने, १० अर्ब ७४ करोड लाग्ने आयोजनाको काम तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य

समयपोष्ट २०७९ कार्तिक २२ गते १२:१३

Advertisement

५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक लिमिटेडको अगुवाइमा ऋण लगानी हुने भएको छ ।

हाइड्रो भिलेजले निर्माण गर्न लागेको आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाइमा मेगा बैंक, कृषि विकास बैक, कर्मचारी संचय कोष,नेपाल एसविआई बैंक लिमिटेडले ऋण लगानी गर्ने भएका हुन् ।

सोमबार ऋण लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

आयोजना निर्माणका लागि करिब १० अर्ब ७४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूँजी हुनेछ।

Advertisement

आयोजना म्याग्दीको धौलागिरी नगरपालिकामा पर्ने म्याग्दी खोलामा प्रस्ताव गरिएको छ। केही महिनामा नै मुल्यांकन सकेर निर्माण सुरु गर्ने कम्पनीको योजना छ । अबको ३८ महिना अर्थात २०८२ फागुन मसान्तसम्म विद्युत उत्पादनको लक्ष्य कम्पनीको छ।

प्रस्तावित आयोजनाको दुईवटा हेडवर्क्स म्याग्दी र कुनावन खोलामा हुनेछ। आयोजनाको ग्रस हेड ६३६.५ मिटर हुनेछ। हेडरेस टनेल ६१२७ मिटरको हुनेछ।१२३ मिटर पेनस्टक पाइप रहनेछ। सर्फेस पावर हाउस प्रस्ताव गरिएको छ।

उत्पादित विद्युत १७ किमी डबल सर्किट प्रसारणलाइन प्रसारणलाइन नेपाल विद्युत प्राधिकरणको डाडाँगाउ सवस्टेसनमा जोडिने छ। आयोजनाबाट बार्षिक ३३५.९९३ गिगावाट आवर (सुक्खायाममा १०३.१०९ गिगावाट आवर र बर्खायाममा २३२.८८४ गिगावाट आवर उत्पादन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री