बिहीबार, ३ जेठ २०८१

ब्याजदर वृद्धिको विरोधमा जिल्ला बन्द

समयपोष्ट २०७९ कार्तिक २० गते १४:४१

Advertisement

बैंकको ब्याजदर र राष्ट्र बैंकको नयाँ कर्जा नीतिविरुद्द व्यवसायीहरु आज दुई घण्टा सिराहा बन्द गराएका छन् ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगर सदस्य रहेका जिल्ला उद्योग वाणिज्य संघ सिराहा, मिर्चैया रामनगर उद्योग वाणिज्य संघ र सिराहा उद्योग वाणिज्य संघसहित बस्तुगत संघहरुको सहभागीतामा जिल्ला बन्द गराइएको हो ।

जिल्लाका उद्योगी व्यवसायीहरुले आज दुई घण्टा कारोबार समेत ठप्प पारे । जिल्ला उद्योग वाणिज्य संघ सिराहाकै नेतृत्वमा सोमबार बिहान १० देखि ११ बजेसम्म जिल्लाका सबै बैंक तथा वित्तीय संस्थामा धर्ना दिने कार्यक्रम समेत राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री