विप्लव नेकपाका केन्द्रीय सदस्य वली पक्राउ

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज सरद वली पक्राउ परेका छन् ।

Advertisement

वलीलाई बिहीबार प्रहरीले नवलपुरको मध्यपुर नगरपालिका वसन्तपुरबाट पक्राउ गरेको हो ।

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

विप्लव नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन बहिष्कार गर्ने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री