मंगलबार, १ जेठ २०८१

प्रभु बैंक र हार्नेस् जिपलाइनबीच छुटसम्बन्धी सम्झौता

समयपोष्ट २०७९ कार्तिक १६ गते १२:३८

Advertisement

प्रभु बैंक र पर्वतको कुस्मास्थित हार्नेस् जिपलाइनबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र हार्नेसका तर्फबाट अध्यक्ष विदुर पौड्यालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले हार्नेस् जिपलाइनद्वारा सञ्चालित (ट्यान्डम, सुपरम्यान एण्ड क्लासिक जिपलाइन )सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सहमतिअनुसार हार्नेस्मा प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा छुट पाइनेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री