शुक्रबार, ७ वैशाख २०८१

‘आयुर्वेद क्षेत्रलाई व्यवस्थित बनाउन सके देशलाई समृद्धतर्फ लैजान सकिन्छ’ 

समयपोष्ट २०७३ कार्तिक २१ गते ७:३३

आयुर्वेदीक औषधि कम्पनिलाई गुणस्तरीय र व्यवस्थित बनाउन कुशल औषधि निर्माण (जिएमपि)मा लैजानुपर्नेमा जोड दिइएको छ ।
 कतिपय आयुर्वेदिक औषधि उ्रद्योगहरु मापदण्ड विपरीत रहेकोले त्यस्ता उद्योगले उत्पादन गर्ने आयुर्वेदीक औषधिहरु गुणस्तरहिन हुने भन्दै कुशल औषधि उत्पादक (जिएमपि)मा लैजानुपर्नेमा जोड दिइएको हो ।

Advertisement

 नेपाल आयुर्वेद औषधि उत्पादक संघले आयोजना गरेको ‘‘आयुर्वेदीक औषधिको गुणस्तर सम्बन्धि”अन्तरक्रिया कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले आयुर्वेदीक कम्पनीले उत्पादन गर्ने औषधिहरु गुणस्तरीय हुन नसकेको बताए । 

महानिर्देशक ढकालले आयुर्वेदीक औषधिले लिङ्ग बढाउने, स्तन बढाउने, यौनशक्ति बढाउने भन्दै नकारात्मक प्रचार गरेर आयुर्वेदीक औषधिको विक्रिवितरण भइरहेको भन्दै त्यसलाई रोक्नुपर्नेमा जोड दिए । अफवाह फैलाएर गुणस्तरहिन औषधि बेच्न बन्देज लगाउनुपर्ने भन्दै उनले आयुर्वेद क्षेत्रलाई व्यवस्थित बनाउन सके देश विकासमा टेवा पुग्ने बताए ।

नेपालमा जटिबुटिको अथाह भण्डार रहेको छ, महानिर्देशक ढकालले भने“त्यसलाई नेपालमा राम्रोसंग प्रयोग गर्न सके देशलाई समृद्धतर्फ लैजान सकिन्छ ।” नेपालबाट छिमेकी मुलुक भारत, चिन लगायतका देशमा महत्वपूर्ण जडिबुटिहरु निर्यात भइरहेको भन्दै महानिर्देशक ढकालले त्यसलाई रोक्नसके नेपाल आयुर्वेदको क्षेत्रमा आत्मनिर्भर बन्ने बताए ।

नेपालबाट सस्तोमा विदेश लैजाने र विदेशबाट त्यहि जडिबुटी महङ्गोमा किनेर पुनः नेपालीलाई बेच्ने प्रथाको अन्त्य हुनुपर्ने भन्दै उनले त्यसको लागि सरकार र सरोकारवालाले जोड गर्नुपर्ने बताए । गुणस्तरीय औषधि उत्पादन गर्न नसक्ने उद्योगलाई बन्द गर्नुपर्ने उनको भनाई छ । 

नेपाल औषधि उत्पादक संघ (एपोन)का वरिष्ठ उपाध्यक्ष दीपक दाहालले औषधि व्यवसाय डराएर गरिने पेशा बन्दै गएको बताए । नेपालबाट कच्चा जडिबुटि मगाउँदा महङ्गो पर्नुका साथै खरिद गर्न पनि झन्झटिलो हुने हुदा भारतबाट मगाउँदा नेपाल भन्दा सस्तोमा आयात गर्न सकिने बताए ।

एलोपेथिक र आयुर्वेदीक उत्पादक निती छुट्टाछुट्टै हुनुपर्नेमा उनले जोड दिए । आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेदीक औषधिको भण्डारणमा समस्या हुने गरेको भन्दै भण्डारणलाई गुणस्तरीय बनाउनुपर्ने बताए ।
 

नेपाल आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष नगेन्द्रप्रसाद चापागाँइले सरकारले आयुर्वेद क्षेत्रलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री