मंगलबार, १ जेठ २०८१

हिमालयन बैंकद्वारा शिक्षण अस्पताललाई बारकोड रिडर र प्रिन्टर सहयोग

समयपोष्ट २०७९ कार्तिक १५ गते ८:१५

Advertisement

हिमालयन बैंक लिमिटेडले शिक्षण अस्पताललाई बारकोड रिडर र प्रिन्टर सहयोग गरेको छ ।

बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई रुपैयाँ चार लाख त्रिपन्न हजार आठ सय चालिस मुल्यको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोग स्वरुप प्रदान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अस्पतालका कार्यकारी संचालक प्रो. डा. दिनेश काफ्लेलाई ति सामग्री हस्तान्तरण गरेका हुन् ।

सो बारकोड रिडर र प्रिन्टर बंैकले अस्पतालको भुक्तानी काउन्टरमा आउने सेवाग्राहीहरु लाई सहजता होस् भन्ने मनसायले प्रदान गरेको जनाएको छ। बारकोड रिडरको कमिले गर्दा भुक्तानी काउन्टरका कर्मचारीहरुले सेवाग्राहीहरुको विवरण पटक–पटक प्रविष्ट गर्नुपर्नाले बढी समय लाग्ने भएको हुँदा उक्त झन्झटबाट मुक्त भई सेवाग्राहीको समय बचत होस् र छिटो सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले बंैकले उक्त समाग्रीहरु प्रदान गरेको बैंकले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री