बिहीबार, २० वैशाख २०८१

बैंक अफ काठमाण्डूका ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

समयपोष्ट २०७८ मंसिर १३ गते १७:३०

Advertisement

बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहनुभएका गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्त्तता वापत रु. पाँच लाखको बीमा दाबी रकम हस्तान्तरण गरेकोे छ ।

उक्त खातावाहक खत्रीको दुर्घटनामा परी पूर्ण रुपमा अशक्त्तता भएकाले बैंकले बीमा सेवा प्रदायक कम्पनि सिद्धार्थ इन्सुरेन्स कम्पनि लिमिटेडसंग समन्वय गरी रकम हस्तान्तरण गरेको हो ।

बैंकको लुम्बिनी प्रदेशको नेपालगंज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक गोपाल खत्रीलाई हस्तान्तरण गर्नुभयो ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८२ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री