१९ हजार तिर्न नसक्दा विरामीले अस्पतालबाट हामफाले

विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत एक बिरामीले अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन् ।

Advertisement

मोरङको धनपालथान गाउँपालिका–१ का ३५ वर्षीय शिवकुमार मण्डलले शुक्रबार बिहान अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेगरेको अस्पतालले जनाएको छ ।

मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको सोही अस्पतालमा उपचार भईरहेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले छारे रोगको पुरानै समस्या रहेका उनलाई उपचारका लागि मंसिर ३ गते परिवारले अस्पताल भर्ना गरेका थिए ।

आइसियूमा राखेर अस्पतालले उनको उपचार गरेको थियो । आइसियूबाट वार्डमा सारेपछि अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको थियो । तर, उपचारवापतको १९ हजार रूपैयाँ तिर्न नसक्दा परिवारका सदस्यले घर लैजान पाइरहेका थिएनन् । अस्पतालका अनुसार मण्डलको उपचारमा जम्मा ३६ हजार रूपैयाँ खर्च भएको थियो ।

उनको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको बताइन्छ । उपचारमा लागेकोमध्ये १७ हजार रूपैयाँ मात्रै परिवारले तिर्न सक्यो । १९ हजार रूपैयाँ तिर्न नसकेका कारण मण्डललाई अस्पतालले बन्धक बनाएर राखेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री