बिहीबार, २० वैशाख २०८१

फेसबुकले ‘फेसियल रिकग्निसन’ बन्द गर्ने

समयपोष्ट २०७८ कार्तिक १७ गते १३:१२

Advertisement

फेसबुकले ‘फेसियल रिकग्निसन’ प्रणाली बन्द गर्ने भएको छ।

कुनै फोटो वा भिडियो अपलोड गर्दा स्वत: व्यक्ति पहिचान गर्ने प्रणालीमाथि उठेका प्रश्न र आलोचना फेसबुकले सामना गरिरहेको छ।

फोटो अपलोड गर्दा प्रयोगकर्तालाई आफैं व्यक्ति ‘फलानो हो, ट्याग गर्ने?’ भनेर चिनाइदिने फीचर हो फेसियल रिकग्निसन। ‘नियामकहरु यस्तो प्रणाली प्रदान कसरी गर्ने भन्ने बारे स्पष्ट भइसकेका छैनन्। यसको प्रयोगलाई नियमन गर्ने कुनै आधार छैन। हामीले फेसियल रिकग्निसनलाई सीमित बनाउने निर्णय उचित हुनेछ,’ फेसबुकको आर्टिफिसियल इन्टेलिजेन्सका अध्यक्ष जेरोम पेसेन्टीले भनेका छन्।

प्रविधि प्रयोगसम्बन्धी आचारसंहिताको विषयमा पछिल्लो केही वर्षयता टेक उद्योगहरु माथि प्रश्न उठ्दै आएको समयमा फेसबुकले फेसियल रिकग्निसन हटाउने भएको हो। प्रयोगकर्ताहरु जसले जसको फोटो अपलोड गरे पनि अनुहार चिन्ने फेसबुकको फीचरमाथि धेरै प्रश्न उठेका छन्।

Advertisement

फेसबुकका आलोचकहरु भने फेसियल रिकग्निसनलाई प्रयोगकर्ताको गोपनीयतामाथिको खतरा भएको प्रतिक्रिया दिँदै आएका छन्। आइबीएमले स्थायी रुपमै फेसियल रिकग्निसनसम्बन्धी प्रडक्ट बिक्री बन्द गरिसकेको छ भने माइक्रोसफ्ट र अमेजनले पनि यो प्रडक्ट सस्पेन्ड गरेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री