बिहीबार, २० वैशाख २०८१

जगदम्बा स्टिल को फलाम गलाउने भट्टी पड्कियो,४ जना घाइते, एकको अवस्था गम्भिर

समयपोष्ट २०७७ मंसिर १३ गते १३:३१

Advertisement

जगदम्बा स्टिल प्रा.लि.को फलाम गलाउने भट्टी पड्किँदा ४ जना घाइते भएका छन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरामा रहेको भट्टी शनिबार बिहान पौने १ बजे अचानक पड्किँदा सर्लाही को सक्रौल गाउँपालिका–६ बस्ने ४० वर्षीय बिकिन्द्र यादव, भारत मोतिहारी जिल्ला बस्ने अन्दाजी २६ वर्षीय नईमुदिन आलम, भारत शिवन ग्राम जिल्ला बस्ने ४८ वर्षीय जनक देव यादव र सर्लाही बरथवा नगरपालिका–५ बस्ने २८ वर्षीय मुकेश साह घाइते भएको प्रहरीले जनाएको छ । घाईतेमध्ये बिकिन्द्र यादवको अवस्था गम्भिर छ । उनको उनको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आलम र यादवको तराई अस्पताल सिमरामा र वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री