बिहीबार, १५ चैत २०८०

संक्रमितको उपचारमा खटिएका २६ वर्षीय डाक्टरको कोरोना संक्रमणबाट मृत्यु

समयपोष्ट २०७७ मंसिर १२ गते ७:५८

Advertisement

कोरोनाभाइरस संक्रमणबाट २६ वर्षीय डाक्टरको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमितको उपचारमा लामो समयसम्म काम गरेका डा. शुभम उपाध्यायको बुधबार कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनी भारत मध्यप्रदेशको राजधानी भोपालमा कोरोना संक्रमितको उपचारमा खटिएका थिए । उनी भोपालको सागर मेडिकल कलेजको शिक्षण अस्पतालमा काम गर्थे ।

कोरोना संक्रमणबाट उनको फोक्सोको ९० प्रतिशत भागमा पानी भरिएको थियो । २८ अक्टुबरमा कोरोना संक्रमण भएपछि उनलाई १० नोभेम्बरमा भोपालको चिरायू अस्पतालमा भर्ना गरिएको थियो । मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले चेन्नइ लगेर फोक्सो प्रत्यारोपणको व्यवस्था गर्न निर्देशन दिएका थिए ।

प्रदेश सरकारले डा. उपाध्यायको उपचारका लागि १ करोड भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । ८० लाख भारतीय रुपैयाँमा चेन्नइको एक अस्पतालमा फोक्सो प्रत्यारोपण गर्ने अन्तिम तयारी गरे पनि सफल हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री