बुधबार, १२ वैशाख २०८१

पान पसलदेखि ठूला व्यवसायीहरुलाई तत्काल केही आभाष हुने कार्यक्रमहरु दिन्छौं

समयपोष्ट २०७७ मंसिर १० गते १२:१०

Advertisement

तपाईंको प्यानल चुनाव प्रचार–प्रसार अभियानमा लागिरहेको छ । भोटरबाट कस्तो प्रतिक्रिया पाइरहनुुभएको छ ?

चुनाव प्रचार–प्रसारको क्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जिल्ला उद्योग वाणिज्य महासङ्घका अध्यक्षहरुलाई हामीले भेट्यौं । सबैले हामीलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुुभएको छ । एक किसिमले हाम्रो विजय अभियान सुरु भइसकेको छ । प्रदेश नम्बर १ बाट एकजना केन्द्रीय सदस्यमा र एसोसिएटतर्फबाट एकजना निर्विरोध निर्वाचित भइसक्नुभएको छ । त्यसकारण हामी आशावादी छौं, पूरै टिम बहुमतका साथ विजयी हुन्छौं । त्यसमा कुुनै शङ्का छैन ।

तपाईंहरुका मुख्य चुनावी एजेण्डा के–के छन् ?

महासङ्घ व्यवसायीहरुको छाता सङ्गठन हो । व्यवसायीहरुको हक, व्यवसाय प्रमोट गर्ने किसिमको आवाज सुनिएन भन्ने गुनासो जिल्लाका साथीहरुले गरेका छन् । त्यो आवाजलाई महासङ्घमार्फत् सम्बन्धित निकायमा पुर्याएर समस्या समाधान गर्ने मुुख्य उद्देश्य हो । त्यस्ता कानुनी कुराहरु थुुप्रै छन् । ट्याक्स, भ्याट, अनुुगमनका कुराहरु छन् । धेरै ठाउँहरुमा व्यावसायिक वातावरण धमिलिएको छ । त्यसलाई सहज गरिदिनुुपर्ने अवस्था छ । वैदेशिक रोजगारीमा जाने क्रमलाई रोक्नुु पर्नेछ । वैदेशिक रोजगारीबाट फर्किएकालाई व्यावसायिक जीवनमा लैजानुुपर्ने चुनौती पनि हामीलाई छ । हामीले अबको तीन वर्षका लागि यस्ता धेरै समस्याहरु प्लानिङ गरेका छौं । यसका लागि तत्काल जिल्ला र नगरका साथीहरुलाई अनुुभव हुने गरी एउटा कार्यक्रम ल्याएर हामी अगाडि बढ्छौं । महासङ्घमा जिल्लाका साथीहरुको फोन उठ्दैन, उहाँहरुसँग भेटघाटको वातावरण बन्द गर्नेजस्ता कुराहरुलाई हामी हटाउँछौं । हाम्रो वरिष्ठ उपाध्यक्षका उम्मेद्वार पनि गाउँमा जन्मे–हुर्केका एक साधारण व्यवसायी हुनुहुन्छ, जो अहिले एक सफल व्यवसायीको रुपमा चिनिनुु हुन्छ । हाम्रा अन्य सेक्टरमा वस्तुुगत उपाध्यक्ष त्यस्तै हुनुहुन्छ भने एसोसिएट उपाध्यक्ष पूर्वका व्यावसायिक घरानाका व्यक्ति हुनुुहुन्छ । मैले पनि जिल्लामा सात वर्ष बसेर काम गरें र महासङ्घमा निरन्तर रुपमा काम गरिरहेको छुु ।

महासङ्घलाई अप्ठ्यारो पर्दा जिल्ला–नगरका साथीहरुले जहिले पनि सेभ गर्दिनुुपर्ने, फिल्ड आइदिनुुपर्ने, झगडा गर्नुपर्ने तर जब जिल्लाका साथीहरुलाई अप्ठ्यारो पर्छ महासङ्घ बोल्दैन । यी सब कुराहरुलाई मिलाउन हाम्रो टिमको खास चुुनावी अभियान पनि त्यही नै हो ।

उद्योगी–व्यवसायीका समस्याहरुलाई हामीले बुुझेका छौं । एउटा पान पसलदेखि लिएर ठूला व्यवसायीहरुको समस्या समाधन गर्ने सबल र सक्षम सचिवालय बनाएर तत्काल केही आभाष हुने किसिमका कार्यक्रमहरु दिन्छौं । हाम्रा नगर, जिल्ला, उद्योग वाणिज्य सङ्घहरु सबैको आर्थिक स्थिति बलियो छैन । उहाँहरुको पनि एउटा छुुट्टै आर्थिक स्रोत खोजेर सबल र सक्षम सचिवालय दिने हिसाबमा हाम्रो कार्यक्रम रहनेछ । त्यसका लागि हामीले विभिन्न डोनेट संस्थाहरुसँग पनि समन्वय गरेका छौं । भोलि हाम्रो टिम आयो भने एक वर्षभित्र जिल्ला–नगर र महासङ्घबीच टाढिएको दूरीलाई नजिक ल्याउँछौं । जिल्ला–नगर उद्योग वाणिज्य सङ्घका साथीहरुलाई पुुग्ने गरी कार्यक्रम गर्छौं । जिल्ला–नगर उद्योग वाणिज्य महासङ्घको पाँचौं उपाध्यक्ष त्यो जिल्ला–नगरकै हुनुुपर्छ भन्ने स्थापित गर्न पनि हाम्रो यो उम्मेद्वारी हो । त्यति मात्र नभई महासङ्घमा ५० प्रतिशतको अधिकार राख्ने तर जिल्ला नगरका साथीहरु महासङ्घको अध्यक्ष किन नहुने त ? त्यो किसिमको वातावरण बनाउनुु छ । महासङ्घलाई अप्ठ्यारो पर्दा जिल्ला–नगरका साथीहरुले जहिले पनि सेभ गर्दिनुुपर्ने, फिल्ड आइदिनुुपर्ने, झगडा गर्नुपर्ने तर जब जिल्लाका साथीहरुलाई अप्ठ्यारो पर्छ महासङ्घ बोल्दैन । यी सब कुराहरुलाई मिलाउन हाम्रो टिमको खास चुुनावी अभियान पनि त्यही नै हो । हामी तत्काल यी कुराहरुलाई स्थापित गराउँछौं ।

अहिलेको अवस्थामा धेरै व्यवसायीहरुको व्यवसाय बन्द भइसकेको छ भने केहीले आत्महत्यासमेत गरिसकेका छन् । केही साथीहरु सडकमा आइसकेका छन् । त्यसकारण उहाँहरुलाई तत्काल सपोर्ट हुने गरी सरकारसँग लविङ गरेर केही न केही राहत हुने कार्यक्रमहरु ल्याउँछौं ।

कोभिड–१९ का कारणले साना तथा मझौला व्यवसायीहरु बढी समस्यामा देखिन्छन् । उनीहरुलाई सघाउ पुुग्ने के–कस्ता कार्यक्रमहरु छन् ?

कोभिड–१९ को अहिलेको समयमा सरकारसँग लविङ गरेर साना तथा मझौला साथै ठूला व्यवसायीलाई समेत सपोर्ट हुने किसिमका कार्यक्रमहरु ल्याउन सक्नुुपथ्र्यो, त्यो हुन सकेन । केही मात्रामा आए पनि जति आउनुुपर्ने हो, त्यो आएन । हामी निर्वाचित भइसकेपछि तत्काल त्यो किसिमको एउटा लविङ गर्छौं । अहिलेको अवस्थामा धेरै व्यवसायीहरुको व्यवसाय बन्द भइसकेको छ भने केहीले आत्महत्यासमेत गरिसकेका छन् । केही साथीहरु सडकमा आइसकेका छन् । त्यसकारण उहाँहरुलाई तत्काल सपोर्ट हुने गरी सरकारसँग लविङ गरेर केही न केही राहत हुने कार्यक्रमहरु ल्याउँछौं ।

उद्योगी–व्यवसायी र बैङ्कहरुबीच बेला–बेला टसलजस्तो देखिन्छ । किन यस्तो भइरहेको छ ?

हामी निजी क्षेत्रको टसल भनेको सरकार र राष्ट्र बैङ्कसँग हुन्छ । राष्ट्र बैङ्क र सरकारको पोलिसी वाणिज्य बैङ्कहरुले लागुु गर्ने हो । वाणिज्य बैङ्कले आफ्नो स्वच्छाले केही लागु गर्न पाउँदैन । त्यसकारण हाम्रो लडाइँ भनेको सरकारसँग हो । हामीलाई चित्त नबुझेका कुराहरु, हामीलाई नहुने कानुनहरु छन् भने ती सबै कुुराहरुलाई हामी सङ्घीय, प्रदेश, स्थानीय सरकार अथवा राष्ट्र बैङ्कसँग लविङ गर्नुपर्ने हुन्छ । हामी त्यही गर्छौं बैङ्कहरुसँग हाम्रो त्यस्तो केही हुँदैन । समष्टीगत पोलिसीका कुराहरुमा राष्ट्र बैङ्कसँग लविङ गर्ने, नेपाल सरकारसँग लविङ गरेर व्यवसायीमैत्री कानुन, व्यवसायीमैत्री बैङ्किङ सिस्टम ल्याउने हिसाबले अगाडि बढ्छौं ।

देशभरिका तपाईंका मतदातालाई के सन्देश दिन चाहनुहुन्छ ?

देशभरिका मतदाताहरुले हामीप्रति विश्वास देखाउनुभएको छ, जसले गर्दा केही केन्द्रीय सदस्यहरु निर्वाचित पनि भइसक्नुुभएको छ । जिल्ला–नगरका साथीहरुको अमूल्य मतको हामी सम्मान गर्छौ । उहाँहरुको मतलाई हामीले सम्मान गर्न सकेनौं भने महासङ्घमा गएर केही उपलब्धि हुँदैन । त्यसकारण विधानमा लेखिएका कुराहरु, जिल्ला नगरले पाउनुुपर्ने कुराहरुलाई हामी स्थापित गराउँछौं । हामीहरुप्रति उहाँहरुले जुन विश्वास देखाउनुुभएको छ, त्यसमा हामी आशावादी पनि छौं । हाम्रो टिमलाई पूर्ण बहुमतका साथ उहाँहरुले विजयी गराउनुु हुनेछ । हामीहरु पनि भोलिका दिनमा उहाँहरुलाई त्यही किसिमको सम्मान दिनेछौं भन्ने प्रतिबद्धता जनाउँछौँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री