बिहीबार, १५ चैत २०८०

अण्डकोष सुन्निने र दुख्ने कोभिड-१९को नयाँ लक्षण

समयपोष्ट २०७७ मंसिर ४ गते ८:५०

Advertisement

कोरोनाभाइरस संक्रमणको नयाँ लक्षण अण्डकोषको दुखाई पनि हुनसक्ने दाबी चिकित्सकहरुले गरेका छन् ।

टर्कीका नाम नखुलाईएका ४९ वर्षका एक व्यक्तिमा कोरोनाका अन्य कुनै लक्षण नदेखिए पनि आफ्नो अण्डकोष सुन्निएको र दुखेको महसुस गरेपछि उनी अस्पतालमा उपचारका लागि गएका थिए ।

रुघा खोकी वा उच्च तापक्रमजस्ता कोरोनाभाइरसको कुनै पनि लक्षण उनलाई देखा परेको थिएन ।

उनी कोरोनाभाइरस संक्रमित एक व्यक्तिको सम्पर्कमा आएका कारण चिकित्सकहरुले उनको स्वाब परीक्षण गर्ने निधो गरे ।
परीक्षणमा उनलाई कोरोनाभाइरसको संक्रमण देखियो तसर्थ डाक्टरले अण्डकोष दुखाई उनको पहिलो लक्षण हुनसक्ने आशंका गरे । उनको शरीरमा यौनरोगको पनि कुनै लक्षण देखिएको छैन ।

त्यसपछि ती ब्यक्तिलाई उपचारका लागि अस्पताल भर्ना गरियो । उनलाई पाँच दिनको लागि हाइड्रोक्सिक्लोरोक्विन औषधी दिइयो । यसका साथै उनलाई एजिथ्रोमाइसिन र इमिपेनेम/सिलास्ट्याटिन नामको दुईवटा एन्टिबायोटिक दिइयो जसले ब्याक्टेरियाको संक्रमणलाई कम गर्न सहयोग गर्छ । उनलाई संक्रमणको कुनै लक्षण नदेखिएपनि डाक्टरले उक्त औषधी चलाए ।

उपचारको दोस्रो दिनमा ती व्यक्तिले अण्डकोष दुख्न कम भएको बताए । तर उनको शरीरबाट कोरोनाभाइरस निस्कन तीन हप्ता लाग्यो । उनी २४ दिनको अस्पताल बसाईपछि घर फर्किए ।

डाक्टरले मेडिकल जर्नलमा यसलाई ‘असाधारण केस’ बताएका छन् । यसले कोरोनाभाइरसले मानिसमा कस्ता–कस्ता प्रभाव पार्नसक्छन् भनेर देखाएको डाक्टरले बताएका छन् ।

कोभिड–१९ संक्रमण हुँदा कतिजनालाई अण्डकोषमा पीडा हुन्छ भनेर यकिन जानकारी नभएपनि चीनमा गरिएको एक सानो शोधमा यो समस्या साधारण भएको र प्रत्येक पाँचमध्ये एक संक्रमितमा यस्तो समस्या देखिने बताइएको डेली मेलले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री