सोमबार, १७ वैशाख २०८१

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त

समयपोष्ट २०७७ कार्तिक २४ गते १३:२५

Advertisement

सरकारले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

ऊर्जा मन्त्रालयले शाक्यलाई सोमबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । शाक्यलाई एनईए इन्जिनियरिङ कम्पनीमा काज फिर्ता गराएर प्राधिकरणको निमित्त कार्यकारी निर्देशको जिम्मेवारी दिइएको हो ।

प्राधिकरणको सहायक कम्पनीका रुपमा रहेको एनईए इन्जिनियरिङ कम्पनीको नेतृत्वमा रहेका उनी प्रसारण लाइनको विषयमा राम्रो जानकार मानिन्छन् । यसअधिका कार्यकारी निर्देशक कुलमान घिसिङले नै उनलाई एनईएको जिम्मेवारी पठाएका थिए ।

ऊर्जामन्त्री वर्षमान पुनले शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री