शनिबार, २२ वैशाख २०८१

कोरोना महामारीबीच गर्भवती र बालबालिकामा इन्फ्लुएंजाको उच्च जोखिम, यसो गर्न डब्लुएओको सुझाव

समयपोष्ट २०७७ कार्तिक २१ गते १४:५४

Advertisement

विश्व स्वास्थ संगठनले बालबालिका र गर्भवती महिलाहरुको लागि चेतावनी जारी गरेको छ ।

विश्व स्वास्थ्य संगठनकी टेक्निकल हेड मारिया वेनका अनुसार सुरु हुँदै गरेको जाडो याममा इन्फ्लुएंजाको असर कस्तो हुँनेछ त्यसकारण कोरोनाभाइरस महामारीकाबीच यसको मनिटरिंग र टेष्टिंग अति जरुरी छ ।

डब्लु एच ओको प्रेस मिटमा मारियाले कोरोनाभाइरसको दायरा नघटेको भन्दै जो इन्फ्लुएंजा अर्थात फ्लूको हाई रिस्कमा छ उनीहरुले फ्लू भ्याक्सिन लगानुपर्ने बताईन् ।

कोरोना र इन्फ्लुएंजाको लक्षण एकै खालको हुँने हुँदा उपचारअघि चिकित्सकको सुझाव लिन समेत डब्लुएचओले सुझाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री