बिहीबार, १५ चैत २०८०

कति घट्यो निर्धन उत्थानले लिलामीमा राखेको ग्रामिण बिकासको संस्थापक सेयर मूल्य ?

समयपोष्ट २०७४ मंसिर १२ गते १०:४४

निर्धन उत्थान विकास बैकले लिलामीको मूल्य घटाएर यसअघि लिलामीमा बिक्री हुन नसकेको सेयर पुन: लिलामीमा राखेको छ । 

Advertisement

 बैकले आफ्नो स्वामित्वमा रहेको नेपाल ग्रामिण बिकास बैकको संस्थापक सेयर मूल्य एक सय रुपैयाँ घटाएर पुन: लिलामीमा राखेको हो । 

यसअघि नेपाल ग्रामिण बिकास बैकको संस्थापक सेयर ३०० रुपैयाँ प्रतिकित्ता न्यूनतम मूल्यमा आवेदन गर्न पाउने गरि लिलामीमा राखिएको थियो । हाल  न्यूनतम मुल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ । 

बैकको सेयर विक्री प्रबन्धक एनआइएबिएल क्यापिटल रहेको छ  ।  लगानीकर्ताले न्यूनतम २०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी रकम तोकी मंसिर २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 निर्धन उत्थानले नेपाल ग्रामिणको एक लाख ९१ हजार ९९२ कित्ता संस्थापक समूहको सेयर कात्तिक २० गतेदेखि मंसिर ६ गतेदेखि लिलामीमा राख्दा ४६ हजार ४२० कित्ता मात्र विक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री