शनिबार, १५ वैशाख २०८१

बैंक अफ काठमाण्डूको सेयर लिलामीमा, अधिकतम ६१,५८,०६७ कित्तासम्म बोलपत्र पेश गर्न सकिने

समयपोष्ट २०७४ मंसिर ११ गते ७:००

बैंक अफ काठमाण्डूले  ६१ लाख ५८ हजार ६७ कित्ता सस्थांपक सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले प्रिमियम मूल्यमा शेयर लिलाम गर्न नदिएपछि प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँ अंकित मुल्यमा सो परिमाणको सेयर लिलाम मार्फत बिक्री गर्ने भएको हो । बैंकले धितोपत्र बोर्डसँग फेस भ्यालु एक सय रुपैयाँमा १६६ रुपैयाँ प्रिमियम थपेर न्यूनतम २६६ रुपैयाँमा लिलामी गर्ने अनुमति मागेको थियो ।  तर धितोपत्र बोर्डले कानूनी व्यवस्था नभएको भन्दै बैंकलाई थप नयाँ संस्थापक सेयर अर्थात एफपिओे जारी गर्न रोक लगाउदै लिलामी प्रक्रियामा जान निर्देशन दिएको थियो ।  

Advertisement

बैंकको लिलामीको सेयरमा मंसिर २२ गतेदेखि २९ गतेसम्म आवेदन गर्न पाइनेछन  ।सो सेयरमा न्यूनतम एक सय कित्ता देखि अधिकतम ६१,५८,०६७ कित्तासम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

बैंकको निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । सेयरमा बैंक अफ काठमाण्डूका सम्पूर्ण शाखा कार्यालय र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा दरखास्त दिन सकिनेछ ।

बैंकले संस्थापक तथा सर्वसाधारण शेयरधनीको पूँजी संरचना ५१ः४९ प्रतिशत कायम गर्नको लागि संस्थापक एफपिओ बिक्रीको योजना अघि सारेको हो । बीओकेमा अहिले सर्बसाधारणको हिस्सेदारी ५५ प्रतिशत र संसथापकको ४५ प्रतिशत हाराहारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री