सोमबार, २३ असार २०८२

किन हुँदैनन् रिलिज पुर्व मिस नेपाल शृष्टि खेलेका फिल्म

समयपोष्ट २०७४ मंसिर १० गते ६:५५

 गाजलु चलचित्रबाट नेपाली चलचित्रमा डेव्यु गरेकी पुर्व मिस नेपाल शृष्टि श्रेष्ठले अभिनय गरेका चलत्रित्र झन्डै दुई बर्ष देखी रिलिज भएका छैनन्। उनको हातमा चलचित्रको कमि भएको भने हैन।
केमियो भूमिकामा देखिएकी चलचित्र ‘लालपुर्जा’ आन्तरिक किचलोमा नै अल्झियो। नरेन लिम्बु संग जोडी बाधेर अभिनय गरेको चलचित्र ‘लाउरे’ निर्देशक बीच बाट नै निकालिए।

Advertisement

उनले निकै महत्वका साथमा हेरेको चलचित्र ‘रोमियो एण्ड मुना’ पनि रिलिजको तरखरमा छैन। यहि बिचमा उनि नयाँ चलचित्र ‘बाँध मायाले’ मा अनुबन्धित भएकी छिन्। बरु उनि चलचित्र अभिनय भन्दा पनि अभिनेता सौगात मल्ल संगको प्रेम सम्बन्धका कारण चर्चामा रहिन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री