बिहीबार, १३ वैशाख २०८१

ओलीले भने-‘अब रेल ल्याइन्छ, ल्याइन्छ त्यो दिन धेरै टाढा छैन ‘

समयपोष्ट २०७४ मंसिर ९ गते ९:०६

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि वामपन्थी सरकार बन्ने र केरुङबाट काठमाडौंसम्म आउने रेललाई पोखरा पुर्याउने बताएका छन् । शनिबार  पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘अब रेल ल्याइन्छ, ल्याइन्छ । त्यो दिन धेरै टाढा छैन । ‘

Advertisement

ओलीले चुनावी सभालाई सम्बोधन गर्दै कास्कीका सबै क्षेत्रमा वाम गठबन्धन जित्नु पर्ने समेत बताए । सभामा एमाले एक्लैले महानगर जितेको स्मरण गर्दै ओलीले भने, ‘अहिले एमाले र माओवादी मिल्दा फेरि कतै विजुलो उम्किएर आयो भने लाज हुँदैन हामीलाई । कोही पनि आउनु हुँदैन । नौ का नौ वामपन्थी गठबन्धन आउनुपर्छ ।

ओलीले अघि थपे, ‘कास्कीका जनताले अब गाउँखाने कथामा जस्तै भनिदिनुपर्छ, कास्की जिल्लाको सेरोफेरो सबै हाम्रो । अन्त कहाँ कहाँ खोज्न पर्छ खोज ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री