शुक्रबार, १६ चैत २०८०

एनबी इन्स्योरेन्स बन्यो आईएमई जनरल इन्स्योरेन्स

समयपोष्ट २०७४ मंसिर ८ गते ४:३०

एनबी इन्स्योरेन्सले  औपचारिक रुपमा नाम परिवर्तन गरी आर्ईएमई जनरल इन्स्योरेन्स बनाएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी इन्स्योरेन्सले नाम परिवर्तन भएको कुरा सार्वजनिक गरेको हो । साथै कम्पनीले आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ ।

Advertisement

कार्यक्रममा कम्पनीका अध्यक्ष हेमराज ढकालले छोटो समयमा विगतको नकरात्मक अवस्था सुधार गरी नयाँ बाटोमा अघि बढेको बताएका थिए । नाम तथा लोगो परिवर्तन गरिएको घोषणाका लागि आयोजित कार्यक्रममा सञ्चालकहरु योगेश्वरप्रसाद ढकाल, प्रतापजंग पाण्डे, सुरेश देवकोटा, कुमार पौडेल, योगभक्त बादे तथा आइएमर्इ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र इन्स्योरेन्सका पूर्वअध्यक्ष अम्बिका पौडेल उपस्थित थियो। 

इन्स्योरेन्सको गत असोज १० गतेसम्पन्न साधारण सभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । गत भदौ १४ गते बीमा समितिले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्तावलाई शैद्धान्तिक सहमति दिएको थियो । सोही अनुसार गत कात्तिक ८ गते कम्पनी रजिष्ट्रारको नाम परिवर्तनको स्र्वकृति पाएको थियो ।

निर्जीवन बीमा क्षेत्रमा २० बर्षदेखि सेवारत कम्पनी बिगतमा विविध कारणले समस्याग्रस्त भएको थियो । २०७१ साल माघ ५ गतेदेखि आईएमई गु्रप लगायत अन्य व्यक्तिहरुले कम्पनी खरिद गरी नयां व्यवस्थापन तयार पारेका थिए । उक्त व्यवस्थापनले २०७२ आषाढ देखि कम्पनीलाई पुनः सञ्चालनमा ल्याएको थियो । नयां लगानीकर्ता तथा नयां व्यवस्थापनको हातमा कम्पनी परे पछि बक्यौता वर्षहरुको साधारण सभा सम्पन्न गरेको थियो ।

ime insurance

१५ करोड पूँजी हुँदा व्यवस्थापन परिवर्तन भए यता कम्पनीले चुक्ता पूँजी ५४ करोड रुपैंया पुर्याएको छ । ० प्रतिशत हकप्रदबाट ९७ करोड २० लाख पुग्ने पूँजीलाई १ अर्ब पुर्याउन कम्पनीले आगामी वर्ष ५ प्रतिशत बोनस बितरण गर्नेछ । गत असोज मसान्तसम्ममा करिब २२ करोड रुपैंयाको बीमाशुल्क आर्जन गगरेको कम्पनीले २ करोड ५५ लाख रुपैंया खुद नाफा कमाएको छ । नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र, विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्धती तथा साधारण शेयरमा कम्पनीले २ करोड रुपैंया लगानी गरेको छ । जगेडा कोषमा २२ करोड रुपैंया सञ्चित रहेको इन्स्योरेन्सको शाखा सञ्जाल २५ तथा सेवा काउण्टर १० रहेका छन् । निकट भविष्यमा नै कम्पनीले थप १८ स्थानमा शाखा बिस्तार गर्दैछ ।

छोटो समयमा नेपाली बीमा बजारमा अग्रणी कम्पनीको रुपमा आफनो स्थान सुरक्षित गर्ने विस्वासका साथ अघि बढिरहेको कम्पनीले सेवाग्राहीलाई चुस्त र सहज सेवा दिने प्रतिबद्धता जनाएको छ । कम्पनीको प्रधान कार्यालय नक्साल, काठमाण्डौंबाट ३६५ दिन नै बीमा सेवा प्रदान गर्ने जनाएको छ । त्यसै गरी एक्सटेण्डेड वारेन्टी पोलिसी, साइवर पोलिसी तथा बैंकासुरेन्स पोलिसी जार्ने गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री