शुक्रबार, १४ वैशाख २०८१

हिमालयन डिष्टीलरीको सेयर कारोबार रोक्का, कारोबार अनिश्चित

समयपोष्ट २०७४ मंसिर ७ गते ७:१८

नेपाल स्टक एक्सचेञ्जले हिमालयन डिष्टीलरी को सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले डिष्टीलरीले सञ्चालक समितिको बैठकमा भएको निर्णय ढिलो गरी पठाएको भन्दै सेयर कारोबार रोक्का गरेको हो ।  नेप्सेले कम्पनीको कृयाकलाप संकास्पद भएको भन्दै कारोबार रोकिएको जनाएको छ । नेप्सेका अनुसार कहिले कारोबार सुचारु हुन्छ भन्ने निश्चित छैन ।

Advertisement

गत कात्तिक २९ गते डिष्टीलरी सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकले मंसिर २९ गते बीरगञ्जमा साधारण गर्ने तय गर्दै लाभांस प्रस्ताव गरेको थियो । तर कम्पनीले उक्त सूचना ६ गते बिहीबार मात्र नेपाल स्टक एक्सचेञ्ज मार्फत सार्वजनिक गरेको थियो । 

कम्पनीले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २१.०५ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको छ । लाभांस प्रस्ताव गरेको सातासम्म सोको निर्णय सार्वजनिक नगर्नुले इन्साइडर ट्रेडिगं भएको अनुमान गरिएको छ । कम्पनीले साधारण सभाका लागि मंसिर १५ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री