शनिबार, ८ वैशाख २०८१

कर फछ्र्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल एक/एक करोड धरौटीमा छुटे,शर्मा भने अझै अनुपस्थित

समयपोष्ट २०७४ मंसिर ७ गते ४:५५

कर फछ्र्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल धरौटीमा रिहा भएका छन् ।  अध्यक्ष महत र सदस्य ढकाल बुधबार धरौटीमा रिहा भएका हुन्। 
दश अर्ब दुई करोडभन्दा बढी बिगो दाबी रहेको मुद्दामा अदालतले जनही एक करोड धरौटी माग गरेपछि बैंक ग्यारेन्टीबाट उनीहरु रिहा भएका हुन्।

Advertisement

मंगलबार महत र ढकालसँग विशेषले जनही एक करोड रुपैयाँ धरौटी माग गरेको थियो । अदालतले तोकेको धरौटीको प्रक्रिया पूरा नभएपछि दुबैलाई सदरखोर डिल्लीबजारमा न्यायिक हिरासतमा राखिएको थियो।

फरार अवस्था मुद्दा दर्ता गरिएका ढकाल र महत कात्तिक २९ गते विशेषमा हाजिर भएका थिए। कात्तिक ३० गतेबाट विशेषले बयान लिएको थियो। बयान र थुनछेक बहसपछि अदालतले मंगलबार दुबैसँग जनही एक करोड धरौटी माग गरेको थियो ।

आन्तरिक राजस्व विभागमा तत्कालीन महानिर्देशक चुडामणि शर्मा भने अझै अदालतमा उपस्थित भएका छैनन्।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री