शनिबार, ८ वैशाख २०८१

हिमालयन जनरल इन्स्योरेन्सले नगद लाभांस बितरण गर्ने

समयपोष्ट २०७४ मंसिर ६ गते ७:१३

हिमालयन जनरल इन्स्योरेन्सले ५ करोड ७७ लाख ८० हजार रुपैंया बराबरको नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको छ ।  इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई लाभांस बितरण गर्ने भएको हो ।  इन्स्योरेन्स सञ्चालक समितिले गत असारमा कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांस मात्र बितरण गर्ने प्रस्ताव गरेको हो ।इन्स्योरेन्सले बीमा समितिको निर्देशन अनुसार पूँजी तयार गरिसकेको हुनाले बोनस सेयर भने बितरण नगर्ने भएको छ । 

Advertisement

अहिले इन्स्योरेन्सले १६६.६७ प्रतिशत हकप्रद निष्काशन गरी चुक्ता पूँजी १ अर्ब २ करोड ४७ हजार रुपैंया पुर्याएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांस हाल कायम चुक्ता पूँजीको ५.६६४ प्रतिशत मात्र हुन आउँछ । यस अर्थमा कम्पनीका सेयरधनीले १५ प्रतिशत नभई ६.६६४ प्रतिशत मात्र नगद लाभांस पाउँछन् ।

पछिल्लो व्यवस्था अनुसार कम्पनीहरुले प्रस्ताव गरेको लाभांस सेयरधनी पुस्तिका बन्द हुने मितिसम्म कायम सेयर धनीले पाउने छन् । जसले गर्दा इन्स्योरेन्सले हकप्रदलाई छुट्याएर लाभांस बितरण गर्न पाउँदैन ।

कम्पनीले प्रस्ताव गरेको लाभांस आगामी साधारण सभाबाट पारित भए पछि मात्र लगानीकर्ताले पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री