शुक्रबार, १४ वैशाख २०८१

सिभिल बैंकको ४० प्रतिशत हकप्रद निष्काशन ,कहिलेसम्म आवेदन दिन सकिन्छ ?

समयपोष्ट २०७४ मंसिर ६ गते ६:०६

सिभिल बैंकले दुर्इ करोड सात लाख कित्ता हकप्रद निष्काशन गरेको छ । बैंकको ४० प्रतिशत हकप्रदमा मंसिर २२ देखि पुस २७ गतेसम्म आवेदन दिन सकिन्छ । 

Advertisement

हकप्रदमा मंसिर ४ गते सम्म कायम भएका शेयरधनीले आवेदन दिन सक्नेछन् ।  बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल रहेको छ ।  बैंकको हालको चुक्ता पूँजी ५ अर्ब १८ करोड रुपैयाँ छ। हकप्रदपछि बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

हकप्रदपछि बैंकको पूँजी संरचना संस्थापक शेयर धनीतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ भने ४९ प्रतिशत हुनेछ । हकप्रद खरिदको लागि सिभिल बैंकको केन्द्रीय तथा शाखा कार्यलयहरु, लक्ष्मी क्यापिटल बानेश्वर, सिभिल क्यापिटल मार्केट सुन्धारा तथा आस्वा सुविधा भएका सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री