बिहीबार, २० फागुन २०७७

राष्ट्रपतिले गरिन् मानव निर्मित वाटर क्यानलको अवलोकन

समयपोष्ट २०७४ कार्तिक ३० गते ५:१२

सुरेन्द्रबहादुर नेपाली 

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले दुबई वाटर क्यानलको अवलोकन गरेकी छन् ।

मानव निर्मित उक्त दुबई वाटर क्यानल (नहर) पुग्दा युएईका शिष्टाचार अधिकारीहरूले उनलाई दुबई क्यानल म्यारिनमा स्वागत गरेका थिए ।

Advertisement

सन् २०१३ मा खुला गरिएको तथा सन् २०१६ को नोभेम्बर ९ मा उद्घाटन भएको र दुबईको बजार केन्द्र, चार होटेल, ४५० रेस्टुराँ, उच्चस्तरीय हाउजिङ भएर बग्ने उक्त क्यानलमा पैदल तथा साइकल मार्ग पनि छन् ।

यस क्यानलको चौडाइ ८० देखि १२० मिटरसम्मको छ र यो छ मिटर गहिराइको छ । आठ मिटर अग्लो पुल भएर बग्ने गरी यस क्यानलको संरचना तयार गरिएको छ । यस क्यानलले करीब ८० हजार वर्गमिटर क्षेत्र ओगटेको छ र यसले निजी जहाज तथा डुंगालाई व्यवसाय दिएको छ ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द, नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सइद हमदन अलनक्वी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, राष्ट्रपति भण्डारीकी छोरी निशाकुसुम भण्डारीका साथै भ्रमण टोलीका अन्य सदस्यहरु पनि सहभागी थिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री