शुक्रबार, १४ वैशाख २०८१

लक्ष्मी र सिभिल बैंकको नाफा बढ्यो,कसको कति बढ्यो ?

समयपोष्ट २०७४ कार्तिक २० गते ७:३७

लक्ष्मी र सिभिल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लक्ष्मी बैंकले  चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १७ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले पहिलो तीन महिनामा नाफा २५ प्रतिशतले बढाएको हो । 

Advertisement

अघिल्लो बर्ष बैंकको नाफा १३ करोड ५८ लाख रुपैयाँ थियो। बैंकको खुद ब्याज आम्दानी ४८ करोड ३३ लाख रुपैयाँ छ। पहिलो तीन महिनामा ५८ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ९४ करोड रुपैयाँ ऋण लगानी गरेको छ। 

बैंकको चुक्ता पूँजी ८ अर्ब २१ करोड रुपैयाँ छ भने जगेडा कोषमा दुर्इ अर्ब १३ करोड रुपैयाँ जम्म भएको छ। त्यस्तै बैंकको पूँजी कोष अनुपात एक आर्थिक वर्षमा १०.८८ प्रतिशतबाट बढेर १३.३७ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा १.७८ प्रतिशत रहेको छ भने प्रति शेयर आम्दानी ८ रुपैयाँ छ।

यसैगरी सिभिल बैंकले ११ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो बर्ष बैंकको नाफा एक करोड ४५ लाख रुपैयाँ थियो। 

बैंकको पहिलो तीन महिनामा खुद ब्याज आम्दानी २८ करोड ६२ लाख रुपैयाँ छ भने गत वर्ष २२ करोड ९७ लाख रुपैयाँ थियो। बैंकले ३४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी तीस अर्ब ९५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। 

बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको छ। बैंकको पूँजी कोष अनुपात १९.६२ प्रतिशत रहेको छ भने खराब कर्जा ४.६९ प्रतिशत रहेको छ। बैंकको प्रति शेयर आम्दानी ८ रुपैयाँ छ। 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री