बिहीबार, १३ वैशाख २०८१

ओली र दाहालको तामझाम: देउवाको उम्मेदवारी वारेसमार्फत

समयपोष्ट २०७४ कार्तिक १७ गते ३:४५

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनका नेता-कार्यकर्ताको संयुक्त जुलुस र तामझामसाथ उम्मेदवारी दर्ता गराए ।

Advertisement

ओली झापा-५ र दाहाल चितवन-३ बाट उम्मेदवार बनेका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने वारेसमार्फत गृहजिल्ला डडेल्धुरामा उम्मेदवारी दर्ता गराएका थिए ।

देउवाले कांग्रेसका स्थानीय नेता गणेशदत्त पन्तलाई वारेसनामा दिएका थिए । सरकारी काम र पार्टीको बैठकका कारण देउवा उम्मेदवारी दर्ताका लागि गृहजिल्ला जान नसकेको उनको सचिवालयले जनाएको छ ।  अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री