आइतबार, १६ वैशाख २०८१

पुश चिकित्सकमाथि सामूहिक बलात्कार, त्यसपछि जिउँदै जलाइयो

समयपोष्ट २०७६ मंसिर १४ गते १५:२३

Advertisement

भारतको हैदरावादस्थित रंगा रेड्डी जिल्लाको शादनगर इलाकामा बुधबार एक पशु चिकित्सकको सामुहिक बलात्कार पछि हत्या गरिएको छ ।

अस्पतालबाट घर फर्कदै गर्दा उनको स्कुटर बाटैमा पंकचर भएको थियो । जसले गर्दा उनी बाटैमा फसेको भारतिय मिडियाहरुले जनाएका छन् । उनले अन्तिम पटक ९ बजे आफ्नी बहिनीसंग फोनमा कुरा गरेको प्रहरीले जनाएको छ ।

बुधबार रातीदेखि बिहिबार बिहानसम्म डाक्टरमाथि सामुहिक बलात्कार भएको त्यसपछि उनलाई २० किलोमिटर टाढा लगेर आगो लगाइएको प्रहरीले जनाएको छ । शुक्रबार घटना चर्चामा आयो । चार संदिग्धलाई पक्राउ पनि गरिएको छ ।

उनीहरु ट्रक ड्राइभर र क्लिनर हुन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री