आइतबार, १६ वैशाख २०८१

आफैले पालेको कुकुरले चाटेपछि मृत्यु

समयपोष्ट २०७६ मंसिर १० गते ११:०६

Advertisement

एक बृद्धलाई आफैले पालेको कुकुरले चाटेपछि मृत्यु भएको छ । जर्मनीका ६३ वर्षीय वृद्धलाई कुकुरले चाटेका कारण दुर्लभ किसिमको संक्रमणका कारण मृत्यु भएको बताइएको छ।

उनको मृत्युपछि घर पालुवा जनावरका मालिकलाई फ्लू लागेको जस्तो वा अचम्म खालको लक्षण देखिए तुरुन्त स्वास्थयकर्मीको सहयोग लिन डाक्टरले आग्रह गरेका छन् ।

कुकुरले चाट्नुअघि निकै स्वस्थ रहेका ती वृद्धलाई कुकुर र बिरालोको मुखमा हुने क्यापनोसिटोफ्यागा क्यानिमोर्सस नामक ब्याक्टेरियाका कारण संक्रमण भएको रिपोर्टमा उल्लेख छ । यो मानिसमा निकै विरलै सर्ने गर्छ ।

उक्त ब्याक्टेरिया टोकेको खण्डमा सर्ने गर्छ तर ती वृद्धालाई भने कुकुरले टोकेको थिएन ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री